विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै बन्दीको रिहाई र मुद्धा खारेजी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper
नेकपा विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै बन्दीको रिहाई र मुद्धा खारेजी


नयाँ बिकल्प,

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अर्धभूमिगत पार्टी नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) माथि दुई वर्षदेखि लाग्दै आएको प्रतिवन्ध फुकुवा हुने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूहमाथिको प्रतिवन्ध हटाउने विषयसहित तीन बुँदे सहमति भएको छ ।

सहमति अनुसार विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सो दलमाथि लागेको प्रतिवन्ध फुकुवा गर्ने र सम्पूर्ण बन्दीको रिहाई र मुद्धा खारेजी हुने भएको छ ।

नेपाल प्रहरीका अनुसार सरकारले हालसम्म विप्लव समूहका दुई हजार ६४ जनालाई गिरफ्तार गरेको र ति मध्ये एक हजार नौ सय ७४ जनालाई मुद्दा चलाइएको थियो । मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन भने एक सय ३६ जना पुर्पक्षका लागि कारागारमा बन्दी छन् ।

सहमतिको विस्तृत विवरण फागुन २१ गते शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सहमतिका विवरण सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो । प्रतिबन्ध लगाएको दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७७ फाल्गुन २०, १२: १४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७७ फाल्गुन २०, १२: १४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७७ फाल्गुन २०, १२: १४

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...