
वीरगञ्ज : वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो ।
कार्यालयले सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर हो । त्यसका लागि त्यसका लागि सुरक्षाकर्मीसहित करिब एक दर्जन डोजर, जेसीबीलगायत उपकरण प्रयोग गरिएको छ ।
यसअघि यो क्षेत्रका घरधनीले बस्ती जोखिममा परेको भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सर्वाेच्चले गत २८ फागुनमा रिट खारेज गरिदिएको थियो । यद्यपि, त्यसपछि सडक विस्तारको काम सुरु हुन सकेको थिए । हाल संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशनमा अभियान सुरु गरिएको जनाइएको छ ।
बिनासूचना संरचना भत्काउन डोजर परिचालन गरिएको भन्दै स्थानीय आपत्ति जनाएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...