
काठमाडौं । शेयर बजार साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा थामिएको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५...
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...