सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार

काठमाडौं। सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट धेरै पूर्वाग्रहपूर्ण भएकाले पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले बजेट ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए।

उनले भने– ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस्। त्यही क्याबिनेटले पास गरोस्। प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको भोटिङको दिन बहिष्कार गर्छु।’

उनले प्रधानमन्त्री र मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए। उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए।

झापा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो भने धनुषा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको गृह जिल्ला हो।

बजेट निर्माण गर्ने र बजेट सरकारले संसदमा प्रस्तुत गरे पछि पनि मन्त्री महासेठले सेटिङमा मन्त्रालयका सहसचिवदेखि विभागीय र महाशाखा प्रमुखलाई सरुवा गरेर ठूलै चलखेल गरेका थिए। एमालेमा आर्थिक मामिलामा बिबादित महासेठ एमाले अध्यक्ष ओलीलाई खुसी बनाएर उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी छन्।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ असार ४, १७: ५३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ असार ४, १७: ५३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ असार ४, १७: ५३

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...