साडे पाँच अर्ब ऋण नतिर्ने प्रसाईं गणतन्त्रबिरुद्धको आन्दोलनमा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper
कमसल धितो लिएर ऋण दिने वैंकका सिईओको खोजी

साडे पाँच अर्ब ऋण नतिर्ने प्रसाईं गणतन्त्रबिरुद्धको आन्दोलनमा

काठमाडौं। गणतन्त्रबिरुद्ध सर्वसाधरण जनतालाई उक्साएर आफ्नो स्वार्थपूर्ती गर्ने उद्देश्य राखेका विवादस्पद मेडिकल व्यवसायी दर्गा प्रसाइँले विभिन्न ८ वटा बैंक तथा वित्तिय संस्थाबाट साडे पाँच अर्ब रुपैयाँ बढी ऋण लिएको देखिएको छ।

कमसल धितो राखेर ती वैंक तथा वित्तिय संस्थाका सीईओ (प्रमुख कार्यकारी अधिकृत)हरुले प्रसाईं संचालक रहेका बिएण्डसी अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायतको नाममा ऋण दिएका थिए।

कतिपय बैंकहरु मर्ज भईसकेका छन् भने कतिपय बैंकका सीईओहरु परिवर्तन भइसकेका छन्। प्रसाईंको प्रलोभनमा परेर उनलाई करोडौं रकम ऋण दिने सीईओका कारण यतिवेला ती बैंकका संचालकहरु संकटमा परेका छन्।

बैंक तथा वित्तिय संस्थाहरुले प्रसाईं संचालक रहेको ती कम्पनीलाई ऋणको किस्ता बापत साँवा तथा व्याज बुझाउन आग्रह गरिरहेका छन् । तर प्रसाईं भने बैंक तथा वित्तिय संस्थाले चर्को ऋण लिएको भन्दै ऋण मिनाहाको माग गर्दै आन्दोलन गरिरहेका छन्।

प्रसार्ई आफूले लिएको ऋण मिनाहा गराउन अन्य ऋणीलाई समेत उचाल्दै आएका थिए। गत वर्षदेखि प्रसाईंले बैंक तथा वित्तिय संस्थाका कोही कर्मचारी किस्ता उठाउन आएमा नदिन र कालोमोसो दलेर पठाउन भन्दै अभियान लिएर हिँडेका थिए।

आफूले लिएको ऋण नतिर्न प्रसाइँले यस्तो कदम चालेको बैंकका संचालकहरुको गुनासो छ। आफ्ना अस्पताल, होटल र हाउजिङको नाममा ऋण लिएका प्रसाईंले आफ्नो नातिको नाममा ६ करोड रुपैयाँको एउटा गाडी खरिद गरेका छन्।

उनी आगामी मंसिर ७ गते गणतन्त्रको बिरुद्ध राजसंस्था स्थापना गर्ने भन्दै जिल्ला जिल्लामा कार्यक्रम गर्दै हिँडेका छन्।

प्रसाईँले लिएको ६ वटा वाणिज्य वैंक, एउटा विकास बैंक र एउटा फाइनान्सबाट लिएको ऋण जोड्दा करिव ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ हुन आउँछ।

प्रसाईंले प्रभु बैंकबाट एक अर्ब २० करोड रुपैयाँ, जनता बैंक लिमिटेड हालको ग्लोबल आइएमई बैंकबाट करिव एक अर्ब रुपैयाँ, नेपाल कमर्श एण्डा क्रेडिड (एनसीसी) बैंक हालको कुमारी बैंकबा एक अर्ब रुपैयाँ, नेपाल बंगलादेश बैंक हालको नबिल बैंकबाट ७६ करोड रुपैयाँ, सरकारी स्वामित्वको बैंक बाणिज्य बैंकबाट ७० करोड रुपैयाँ ऋण लिएको देखिएको छ।

त्यस्तै, मेगा बैंक हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड रुपैयाँ, लुम्बिनी बिकास बैंकबाट १५ करोड ३० लाख रुपैयाँ र गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ ऋण लिएका थिए। उनले ऋण लिएका बैंकलाई विगत ३ वर्षदेखि साँवाको किस्ता र व्याजसमेत तिर्न छाडेको बैंकका प्रतिनिधिहरु बताउँछन्।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० मंसिर ४, १४: १९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० मंसिर ४, १४: १९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० मंसिर ४, १४: १९

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...