सात महिनामा ९ हजार नागरिकता वितरण – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

सात महिनामा ९ हजार नागरिकता वितरण

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको सात महिनामा झण्डै नौ हजार नागरिकता वितरण गरेको छ ।

इलाका प्रशासान कार्यालय धरान, इलाका प्रशासन कार्यालय हरिनगर र जिल्ला प्रशासन कार्यालय इनरुवा गरी तीन ठाउँबाट नागरिक वितरण गर्दै आएकोमा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको सात महिनामा आठ हजार ७८३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको नियमित कार्यमा पर्ने नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता वितरणलाई प्रक्रिया पुगेर आएकाहरुलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको छ । त्यसैगरी नागरिकता प्रतिलिपि सात हजार ४४५ थान वितरण गरेको छ ।

सोही अवधिमा १३ हजार ८३ थान राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको छ भने तीन हजार ४५२ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० फाल्गुन ११, १३: ५२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० फाल्गुन ११, १३: ५२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० फाल्गुन ११, १३: ५२

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...