
सिन्धुली । फिक्कल गाउँपालिका ४ मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा २४ जना घाइते भएका छन् । बा २ ख ६५९६ नम्बरको बस तीव्र गतिमा हुँदा भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...