सुरक्षा व्यवस्था कायम गर्न नसक्ने बालाजुका डीएसपी विष्टको जिम्मेवारी खोसियो – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

सुरक्षा व्यवस्था कायम गर्न नसक्ने बालाजुका डीएसपी विष्टको जिम्मेवारी खोसियो

काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु र गङ्गबु नयाँ वसपार्क क्षेत्रमा भएको अराजक र तनावपूर्ण घटनालाई नियन्त्रण गर्न नसकेको भन्दै प्रहरी बृत्त बालाजुका डीएसपी (प्रहरी नायव उपरिक्षक) रविन विष्टको जिम्मेवारी खोसिएको छ ।

आवश्यक सुरक्षा व्यवस्था कामय गर्न नसक्दा सोमबार बालाजुमा डीएसपी चढ्ने सवारी साधनमा आगजानी, प्रहरीकै अर्को सवारीमा आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुले तोडफोड र प्रहरी विटमा आगजनी गरेका थिए ।

आन्दोलनका क्रममा डीएपी विष्टको बा २ झ १४४ नम्बरको गाडी आगजनी भएको थियो भने बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी तोडफोड भएको थियो ।

घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको र उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ । उनको सवारीमा आगजनी हुँदा उनी घटनास्थलमै थिए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ फाल्गुन २, १३: ०५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७९ फाल्गुन २, १३: ०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७९ फाल्गुन २, १३: ०५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...