
काठमाडौं : राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ।
हाल सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकोमा घटाएर शतप्रतिशत कायम गरिने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
यसले बैंकहरूको पुँजी कोषमा रहेको दबाब कम हुनेछ भने सेयर धितोमा जाने कर्जा लगानीमा बैंकहरू प्रोत्साहित हुनेछन्।
यसअघि ५० लाख रूपैयाँभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशत कायम गरिएको थियो। ५० लाख रूपैयाँमुनिको सेयर धितो कर्जाको जोखिमभार भने यस अघिदेखि नै १०० प्रतिशत थियो।
चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत) को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा वृद्धि देखिएको हो।
सेयर धितोमा जाने कर्जा पनि ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...