स्यानिटरी प्याडमा भ्रष्टाचार गर्ने धनुषाको शहीदनगरका पूर्वमेयर, उपमेयर र अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

स्यानिटरी प्याडमा भ्रष्टाचार गर्ने धनुषाको शहीदनगरका पूर्वमेयर, उपमेयर र अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको शहीदनगर नगरपालिकाका तत्कालिन मेयर र उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार अदालतमा तत्कालीन मेयर उदयकुमार यादव, उपमेयर शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सवइन्जिनियर सरोजकुमार महतो, रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरविरुद्ध पनि अख्तियारल मुद्दा दर्ता भएको हो।

स्यानिटरी प्याड खरिद प्रकरणमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले सो रकम बरावरको बिगो र बिगोअनुसारको जरिमाना र कैद दाबी गरेको छ।

रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको दाबी छ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० फाल्गुन २०, १८: ५५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० फाल्गुन २०, १८: ५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० फाल्गुन २०, १८: ५५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...