
काठमाडौं। तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्धको घोषणा गरेको दिनलाई क्यालेन्डरमा समावेश गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउँनु पर्ने भन्दै आफ्नो माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिए।
‘हिंसा शुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय बिदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, यो स्विकार्य छैन, यदी फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं।’
माओवादीले सशस्त्र आन्दोलन शुरु गरेको दिन फागुन १ लाइ राष्ट्रिय दिवसको रूपमा सरकारले क्यालेन्डरमा राखेको छ।
माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि मन्त्रिपरिषद्बाट फागुन १ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्को निर्णय हुँदा नेकपा एमाले पनि मन्त्रिपरिषद्मा सहभागी थियो।
२०७९ साल माघ अन्तिम साता बसेको मन्त्रीपरिषद्को बैठकले सोही वर्षको फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गर्दा नेपाली कांग्रेसले भने बिरोध जनाएको थियो । तर सत्तामा बसेका कारण एमालेले भने मौन स्वीकृति दिएको थियो।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...