
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्र खडा गरिएका अबैध संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ।
आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।
काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले सो निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए। निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन्।
ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्नेहरु धमाधम पक्राउ पर्न थालेपछि महानगरपालिकाले पनि सार्वजनिक सम्पतिको संरक्षण गर्ने भन्दै सो जग्गा जमिन सुरक्षाको लागि तारवार गर्ने भएको छ । ललितनिवास परिसरमा एनआएनएको भवनदेखि भाटभेटेनी सुपरमार्केटका गोदाम समेत छन् ।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...