
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो दुई कालकालदेखि पार्टीको नेतृत्व संहाल्दै आएका शेरबहादुर देउवा नेतृत्वको कार्य समितिको कार्यशैलीलाई लिएर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग राखेपछि पुस अन्तिम साता राजधानीको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाको नेतृत्वमा चुनावमा कांग्रेस पार्टी होमिएको थियो ।
रास्वपाका पक्षमा आएको देशव्यापी लहर त छदैथियो, त्यसका अलावा भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा देखिएका असन्तुष्टी लगायका कारण पनि कांग्रेसले यो हदको पराजय भोग्नु परेको हो । आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर मधेश प्रदेशको सर्लाही निर्वाचन क्षेत्र नं ४ झरेका सभापति थापा स्वयं पनि पराजय हुन पुगेका छन् । जबकि पार्टीको नेतृत्व परिवर्तनपछि कांग्रेसका पक्षमा देशव्यापी जनलहर आएको कतिपय कांग्रेसजनहरुको बुझाई थियो । निर्वाचनअघि रहेको यस्तो बुझाई विपरित परिणाम आएपछि नैतिकताका आधारमा सभापति थापाले पदबाट राजीनामा दिएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने निर्णय गर्दै थापाकै नेतृत्वमा नियमित महाधिवेशनमा जाने निर्णय गरेको छ । बैठकले सभापति थापालाई राजीनामा फिर्ता लिनका लागि आग्रह गर्ने निर्णय गरेको छ ।
उता, विशेष महाधिवेशनप्रति असन्तुष्टी जनाउँदै आएको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले निर्वाचनमा भोग्नु परेको पराजयको संपूर्ण जिम्मेवारी विशेष महाधिवेशनबाट आएको नेतृत्वले लिनुपर्ने तर्क गर्दै आएको छ । नयाँ नेतृत्व पक्षीय नेताहरुले भने हिजोका दिनमा एमालेसंग देउवा नेतृत्वको पार्टीले गरेका सत्तागठबन्धनका कारण पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।
यसरी पार्टीका दुई खेमाले एक अर्कामाथि पराजयको दोष थोपरेर आफूलाई पानीमाथिको ओभानो देखाउने प्रयास गरिरहदा त्यसको सिंगो असर पार्टीमाथि पर्ने वास्तविकतालाई दुबै पक्षका नेताहरुले भुल्नु हुदैन । निर्वाचनमा कांग्रेस जस्तो लोकतान्त्रिक शक्ति यति सारो कमजोर हुनुका पछाडिका कारणबारे पार्टीभित्र गहिरो समीक्षा गरिन पर्दछ । त्यसका लागि हिजोका दिनमा एक अर्काे पक्षबाट भएका गल्ती र कमजोरीलाई दुबै खेमाका नेताहरु एउटै टेवुलमा बसेर छलफल गर्नुपर्छ । अहिलेको समयमा संविधानसभाबाट जारी गरिएको संविधानको रक्षा गर्नु त छदैछ, साथै शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि कांग्रेस जस्तो लोकतान्त्रिक दल बिभाजित भएर होइन, एकजुट भएर अघि बढ्नु पर्छ । त्यसैमा कांग्रेस पार्टी र लोकतन्त्रको भविश्य सुनिश्चित हुनेछ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...