Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएको १० दिन पूरा भएको छ । यो छोटो समयमै बालेन सरकारले सुशासनका पक्षमा शुरु गरेका कामबाट मुलुकले नयाँ मुहार फेर्नेमा आम सर्वसाधारण आशावादी देखिएका छन् ।

चैत १३ गते शपथ लिएसँगै बालेन सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट शासकीय सुधारका १०० बुँदे कार्यसूची पारित गरेको थियो । कार्यसूचीका अधिकांश काम पूरा गर्नका लागि तीन महिनाको समय सीमा तोकिएको छ । पाँच वटा कामका लागि एक साताको समय तोकिएको थियो । जस अनुसार सट्टेबाजी एप र वेबसाइटहरू २४ घन्टाभित्र बन्द गर्ने भनिएकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यसूची पारित भएको २४ घन्टाभित्रै बन्द गरिसकेको छ । आइतबारसम्म सात हजारभन्दा बढी सट्टेबाजी एप र वेभसाइट बन्द गरिएका छन् ।

भदौ २३ गतेको जेन जी बिद्रोहका क्रममा भएको दमनको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रेमश लेखकलाई सो घटनाका सम्बन्धमा जाँचुबुझ गर्न गठित पूर्व न्यायधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको हवाला दिदैं सरकार गठन भएको भोलिपल्ट बिहानै पक्राउ गरेको थियो । यसैगरी, बुँदा ४ मा उल्लेख गरिएको संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने भनिएको छ । जस अनुसार सो प्रयोजनका लागि मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो । जुन कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि हिजोका दिनमा आर्थिक अपराधमा संलग्नहरु रन्थनिएका छन् । । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । भट्टको कारोबार केलाउने क्रममा जोडिएका व्यवसायिक साझेदारहरुमाथि धरपकड गर्ने क्रम प्रहरीले तीव्र बनाएको छ ।
युवा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि उनीसँग व्यवसायिक साझेदार रहेकाहरुलाई सम्पत्ति शुद्धिकरण विभागको अनुरोधमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धीकरण कसुरमा शुक्रबार पक्राउ परेका छन् ।

यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी दिपक भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट दिपक भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषय राष्ट्र बैंकको वित्तीय सूचना इकाईले थाहा पाएपछि यस विषयमा अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले भट्ट जोडिएको विभिन्न कारोबारसम्बन्धी जानकारी गराउन आन्तरिक राजस्व विभागलाई पत्र पठायो । विभागले जगदम्बा स्टिल, हिमालयन रि इन्स्योरेन्स, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको कारोबारको कनेक्सन हेर्न भनेको थियो । शंकर समूहका अध्यक्ष अग्रवा पक्राउ गरेको भोलिपल्टै शनिबार बिहान प्रहरीले सो समूहका भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । शुलभ शुक्रबार पक्राउ परेका शंकरका छोरा हुन् ।

उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको हो । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए ।
पक्राउ परेका भट्ट र अग्रवाल बाबुछोराविरुद्ध सम्पत्ति शुद्धिकरणको आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । थप अनुसन्धान गरी उनीहरुविरुद्ध आरोपपत्र दयार गरी अदालतमा मुद्दा हाल्ने विभागको तयारी छ ।
सरकारले नागरिकहरुको दैनिक भीडभाड हुने यातायात व्यवस्था कार्यालय, भूमिसुधार कार्यालय जस्ता ठाउँबाट बिचौलियाहरु गिरफ्तार गरेको छ । हिजोका दिनमा सरकारी राजश्व बुझाउँदा समेत बिचौलियालाई घुस बुझाउन बाध्य भएका सेवाग्राहीले यसबाट राहत महशुस गरेका छन् । यतिमात्र होइन, बिभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्नहरुलाई धमाधम पक्राउ गरेको छ । यसैगरी सरकारले सम्पत्ति सुद्धिकरणदेखि भ्रष्ट नेतादेखि कर्मचारीसम्मलाई कारबाही गर्ने तयारी गरिरहेको बुझिएको छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ चैत्र २३, १३: ०१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८२ चैत्र २३, १३: ०१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ चैत्र २३, १३: ०१

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...