कक्षा १२ को नतिजा सार्वजनिक – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

कक्षा १२ को नतिजा सार्वजनिक

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका अध्यक्ष शर्माका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।

त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना छन् ।

यस्तै १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

नतिजा बोर्डको आफ्नै वेबसाइटमा हेर्न सकिने छ।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ भाद्र १७, १८: ३१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ भाद्र १७, १८: ३१

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ भाद्र १७, १८: ३१

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...