काठमाडौं । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन न्यारोबडी जहाज अफ्रिकाको मालीमा अलपत्र परेको छ ।
काठमाडौंबाट गत बुधबार युद्धग्रस्त पश्चिम अफ्रिकाको माली उडेको जहाज पन्चर भएको एउटा पांग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा अड्किएको हो । अहिले तिहार मनाउने सपना साँचेर फर्किन लागेका ७५ सैनिक झोलीतुम्बा कसेर उडान कुरिरहेका छन् ।
चालक दलसहित २० कर्मचारी सैनिक ब्यारेकमा बसिरहेको बताइएको छ । निगमको लापरबाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् । जहाज अड्किँदा दैनिक करोडौं घाटा भइरहेको निगमले जनाएको छ ।
एउटा जगेडा पांग्राबिनै जहाज माली उडाइएको थियो । शनिबार काठमाडौंबाट कार्गो गरेर दुइटा पांग्रासहित ६ सय किलोग्राम स्पेयरपार्ट्स दिल्ली हुँदै पठाइएको छ । तर, ती सामग्री कहिले माली पुग्छन् भन्ने यकिन जवाफ अधिकारीसँग छैन ।
निगमको विमान लिएर पाइलट नरबहादुर विश्वकर्मा, मुकेश गुप्ता, कोपाइलट राकेश काफ्ले र मोनिसविक्रम शाह, ६ परिचारिका र ४ परिचारकसहित चालक दलका १४ जना, दुई इन्जिनियर, एक डिस्प्याचर र मार्केटिङ विभागका एक कर्मचारी माली पुगेका हुन् ।
उनीहरू राजधानी बामाकोदेखि ११ सय किलोमिटर पर शान्ति सेनाको आश्रय लिएर बसेका छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...