काठमाडौं । लिजमा लगेर निजी कम्पनीले भोगचलन गरिरहेको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि प्रहरीको सहयोगमा प्रशासनले सिल गरेको हो । नेपाल स्काउटको केन्द्रीय कार्यालय लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा काँग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा उठाउँदै आएका थिए ।
स्काउटको सम्पत्ति खाली गर्न अदालतले दिएको आदेशसमेत सरकारले कार्यान्वयन गर्न सकेको थिएन । खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएकोमा
२०७५ मै सम्झौताको म्याद सकिए पनि सम्झौताअनुसार भाडाबापतको करोडौँ रकमसमेत भुक्तानी नगरेको देखिएको प्रशासन कार्यालयले जनाएको छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...