राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पत्रकार महासंघका पूर्वअध्यक्ष डा.आचार्य सिफारिस – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पत्रकार महासंघका पूर्वअध्यक्ष डा.आचार्य सिफारिस

काठमाडौं। राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा.सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन्।

आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ।

डा.आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन्। अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन्।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ।

यही व्यवस्थाअनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो। जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको पुष्टि गरिन्।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ कार्तिक २०, १३: १८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ कार्तिक २०, १३: १८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ कार्तिक २०, १३: १८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...