काठमाडौंमा ह्वात्तै बढ्याे कोरोना,देशभर ७० काे मृत्यु – Naya Bikalpa
September 25, 2026, Friday      Epaper
काेराेनाबाट २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौंमा ह्वात्तै बढ्याे कोरोना,देशभर ७० काे मृत्यु

नयाँ विकल्प,

काठमाडौ । राजधानी काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर पाँच सय बढी पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मात्र काठमाडौंमा एक सय छ जना नयाँ संक्रमित थपिएको बताए ।

काठमाडौंको टेकु, बीर, शिक्षण अस्पताल महाराजगंज, प्रहरी अस्पताल, पाटन अस्पताल, ह्याम्स्स अस्पतालमा गरिएको नमुना परिक्षणबाट काठमाडौंमा सबैभन्दा बढी संक्रमित फेला परेको हो । शुक्रबार मात्र ललितपुरमा ७ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा थपिएका संक्रमितमध्ये प्रहरी अस्पतालमा परिक्षण गरिएका ७ जनामा समेत कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार वाँकेमा २८ र बर्दियाका १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

देशका चार जिल्ला पर्षा, महोत्तरी, रौतहट र काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमितहरु देखिएका छन् । काठमाडौं जिल्ला घना बस्ती भएकोमा पर्छ भने बीरगंज महानगरपालिका क्षेत्र घना बस्ती र छिमेकी भारतसँगको खुल्ला सीमाका कारण संक्रमण बढेको हुन सक्ने मन्त्रालयले जनाएको छ।

हाल ६ वटा जिल्लामा भने कोरोनाका सक्रिय संक्रमित एक जना पनि भेटिएको छैन । धनकुटा, खोटाङ, संखुवासभा रुकुम पश्चिम, मनाङ, मुस्ताङमा संक्रमितको सख्या शुन्य रहेको छ ।

हाल कोरोनााका ६६ जना आइसोलेसनमा र ३ जना भेन्टिलेटरमा उपचार गराइ रहेका छन् । देशभर १० हजार दुई सय सात जना क्वारेन्टाइनमा छन भने १५ हजार आठ सय १४ निको भएर घर फर्किएका छन् ।

शुक्रबार काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा गरी ४ सय ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । देशमा सक्रिय संक्रमितको सख्या छ हजार तीन सय ३० छ ।

हाल प्रदेश १ मा चार सय २५, प्रदेश २ मा दुई हजार आठ सय ३९, बागमति प्रदेमा नौं सय ४३, गण्डकी प्रदेशमा दुई सय ७६, प्रदेश ५ मा तीन सय ७६, कर्णाली प्रदेशमा दुई सय ३१ र सूदुरपश्चिम प्रदेशमा १ हजार दुई सय ४० जना कोरोनाका संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार सात हजार नौ सय २६ जनामा पिसिआर परिक्षण गरिएको छ । यो समेत ४ लाख २७ हजार एक सय ६६ जनाको हालसम्म परिक्षण गरिएको छ ।

शुक्रबार चार सय २५ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमितमध्ये ४ प्रतिशत मात्र १० वर्ष मुनीका बालवालिका रहेका छन् । ३२ वटा सरकारी कार्यशाला र ६ वटा नीजि क्षेत्रका प्रयोगशालामा हाल परिक्षण भइरहेको र तिनको परिक्षणको क्षमता प्रतिदिन २२ हजार रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले प्रदेश २ र ५ लाई ७÷७ करोड, गण्डकी र सूदुरपश्चिम प्रदेशलाई ६÷६ करोड, गण्डकी प्रदेश, प्रदेश १ र वागमति प्रदेशलाई ४÷४ करोड रुपैयाँ दुई महिनाअघि नै उपलब्ध गराइएको जनाएको छ ।

२४ घण्टामा ५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणका कारण थप ५ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

पालमा कुल संक्रमित मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिको मृत्यु भएको उनले जनाए ।
पछिल्लो २४ घण्टामा बीरगंजको माइस्थानका ४५ वर्षका पुरुषको २२ गते पाटन अस्पताल लगनखेलमा निधन भएको छ । उनी मधुमेह र रक्तचापको विरामी भएको जनाइएको छ ।

त्यस्तै, बीरगंज महानगरपालिकाको श्रीपुरस्थित आफ्नै घरमा साउन २० गते निधन भएका एक पुरुषको निधनपछि नमुना परिक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

बीरगंज महानगरपालिकाको वडा नं ११ श्रीपुरका ५७ वर्षका पुरुषको साउन २२ गते गण्डक अस्पतालमा निधन भएको छ । उनी मधुमेह, रक्तचाप र मुटुको रोगी भएको जनाइएको छ ।

त्यस्तै, सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं १२ का २५ वर्षे पुरुषको साउन २२ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ।

मृगौलाको डायलसिस गरिएका ति पुरुषलाई जनकपुरबाट धरानमा रिफर गरिएको थियो ।
त्यस्तै, सर्लाहीको बसन्तपुरका ४५ एक पुरुषको साउन २३ गते विहान पाटन अस्पतालमा निधन भएको छ नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या ७० पुगेपछि स्वास्थ्य मन्त्रालयले यसलाई अन्य देशको तुलनामा निकै कम भनेर सन्तुष्टि लिने गरेको छ ।

मन्त्रालयले यो संख्या संक्रमितमध्ये शुन्य दशमलव तीन प्रतिशत मात्र भएको दाबी गरेको छ।

सम्बन्धित समाचार

वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
  • २०७७ श्रावण २३, १८: ०७

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७७ श्रावण २३, १८: ०७

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७७ श्रावण २३, १८: ०७

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...