प्रदेश सांसदले शपथ यसरी लिए – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

प्रदेश सांसदले शपथ यसरी लिए

आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार नियुक्त भएका प्रदेश प्रमुखले सम्बन्धित राजधानीमा सांसदहरुलाई शपथ गराएका हुन् ।

नेपालमै पहिलो पटक भएको प्रदेश सांसदहरुका शपथको दृष्य हेर्नेहरुको लागि रोमाञ्चक देखिन्थ्यो भने शपथ खानेहरुको लागि पनि उत्साहपूर्ण देखिन्थ्यो ।
प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरको वीरेन्द्र सभागृहमा शपथग्रहण समारोहको आयोजना गरिएको थियो । प्रदेशसभाका प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथ गराएका थिए । १४ जिल्ला रहेको प्रदेश नं १ का ५६ प्रत्यक्ष र समानुपातिकका ३७ गरी ९३ जना प्रदेशसभा सांसदले शपथ ग्रहण गरेका छन् ।
त्यसैगरी प्रदेश नम्बर २ का १ सय ७ जना सांसदले फरक फरक भाषामा शपथ लिए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए पनि अरु सांसदले भने आआफ्नो मातृ भाषामा शपथ लिए । उनीहरुले नेपाली, मैथिली, हिन्दी र भोजपुरीमा शपथ लिएका हुन् ।
प्रदेश सांसदहरुले आफ्नो मातृ भाषामा शपथ लिन पाउने कानूनी व्यवस्था रहेता पनि शपथ लिन चाहेको भाषाबारे प्रदेशसभा सचिवालयमा तीन दिन अघि नै जानकारी गराउनु पर्ने थियो । तर प्रदेशसभाको सचिवालय नै नभएका कारण सांसदहरुले पूर्व अनुमति विनै मातृ भाषामा शपथ लिएका हुन् ।
त्यस्तै प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा १ सय १० जना प्रदेश सांसदले शपथ लिएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई शपथ गराएपछि उनले अरुलाई सपथ खुवाएका थिए । प्रदेश नं ४ मा भने २ जना प्रदेशसभा सदस्य शपथ ग्रहन गर्न छुटेका छन् । प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सांसद रहेको प्रदेश नम्बर ४ मा मनाङबाट निर्वाचित राजिव गुरुङ ‘दिपक मनाङे’ र तनहुँ १ क बाट निर्वाचित राजबहादुर गुरुङले सपथ लिन नपाएका हुन् ।

मनाङेलाई प्रहरीले खोजी गरिरहेको छ भने गुरुङ विदेश भ्रमणमा रहेका छन् । पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रदेश नम्बर ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसदलाई सपथ गराएका छन् । प्रदेश ६ मा पनि प्रदेश प्रमुख दुर्गाकेशर खनालले ४० जना प्रदेशसभाका सदस्यलाई सपथ गराएका छन् । त्यसैगरी प्रदेश नम्बर ७ का प्रदेश सांसदको शपथ ग्रहण धनगढीको जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा गरिएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले सात नम्बर प्रदेशका प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सांसदलाई शपथ खुवाएका हुन् ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७४ माघ ८, ०८: ०९

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७४ माघ ८, ०८: ०९

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७४ माघ ८, ०८: ०९

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...