कांग्रेस पार्टीमा हरुवालाई उम्मेदवार नबनाउन चर्काे दबाब – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कांग्रेस पार्टीमा हरुवालाई उम्मेदवार नबनाउन चर्काे दबाब

लोकतान्त्रिक शक्तिसँग तालमेल

नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीका लागि महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने भएको छ । चुनावपछि पहिलो पटक बसेको केन्द्रीय कार्य समितिको बैठकले अगामी माघ २४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझावहरुलाई ध्यानमा राखी उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णय र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिएको छ ।

यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक विचारधारा बोकेका पार्टीहरुसँग सहकार्य गरेर जाने निष्कर्ष निकालेको कांग्रेस नेता बालकृष्ण खाँडले बताए । नेता खाँडका अनुसार कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा लगायतका दलसँग सहकार्य गर्नेछन् । विशेषगरी राष्ट्रियसभा निर्वाचनका विषयमामात्र केन्द्रित गराउन खोजिएको बैठकमा सदस्यहरुले निर्वाचनमा कांग्रेसले व्यहोर्नु परेको पराजयका बारेमा पनि समिक्षा गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानकर्षण गराएका थिए ।

तर, निर्वाचनको समीक्षाका लागि पछि छलफल गर्ने नेतृत्वको आश्वासनपछि बैठक राष्ट्रियसभा निर्वाचनकै विषयमा केन्द्रित भएको थियो । अब कांग्रेसले राष्ट्रियसभा निर्वाचनपछि मात्र आम चुनावको समिक्षा गर्ने भएको छ । निर्वाचनमा पार्टीले नमीठो पराजय भोगेपछि केन्द्रीय सदस्यहरुले बैठकमा गुटका आधारमामात्र नभइ सबैको आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ माघ ८, ०८: २९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ माघ ८, ०८: २९

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७४ माघ ८, ०८: २९

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...