लोकतान्त्रिक शक्तिसँग तालमेल
नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीका लागि महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने भएको छ । चुनावपछि पहिलो पटक बसेको केन्द्रीय कार्य समितिको बैठकले अगामी माघ २४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझावहरुलाई ध्यानमा राखी उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णय र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिएको छ ।
यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक विचारधारा बोकेका पार्टीहरुसँग सहकार्य गरेर जाने निष्कर्ष निकालेको कांग्रेस नेता बालकृष्ण खाँडले बताए । नेता खाँडका अनुसार कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा लगायतका दलसँग सहकार्य गर्नेछन् । विशेषगरी राष्ट्रियसभा निर्वाचनका विषयमामात्र केन्द्रित गराउन खोजिएको बैठकमा सदस्यहरुले निर्वाचनमा कांग्रेसले व्यहोर्नु परेको पराजयका बारेमा पनि समिक्षा गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानकर्षण गराएका थिए ।
तर, निर्वाचनको समीक्षाका लागि पछि छलफल गर्ने नेतृत्वको आश्वासनपछि बैठक राष्ट्रियसभा निर्वाचनकै विषयमा केन्द्रित भएको थियो । अब कांग्रेसले राष्ट्रियसभा निर्वाचनपछि मात्र आम चुनावको समिक्षा गर्ने भएको छ । निर्वाचनमा पार्टीले नमीठो पराजय भोगेपछि केन्द्रीय सदस्यहरुले बैठकमा गुटका आधारमामात्र नभइ सबैको आलोचना गरेका छन् ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...