अब “गाउँ फर्क” – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

अब “गाउँ फर्क”

काठमाडौ|  रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को सम्पुर्ण कार्य सकिएको छ ।  धनकुटाको झिलिमिलेमा छायांकन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ वस्तीहरू,ओझेलिएका चाडपर्व, रितिरिवाज, कला संकृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरीत्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरि निर्माण भएतापनि उपयुक्त समयभावका कारण हाललाई “गाउँ फर्क” युटुब च्यानल मार्फत यहि बैशाख १ गते सोमबार साझ ७:३० बजे प्रशारण गरिने जानकारी निर्माणकर्ता एलवी कटवालले दिनु भयो। मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश मूलक उद्धेश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई बिश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन। शंकर अधिकार घायलको शब्द,बिकास चौधरीको सङीत ,नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत,अशोक सिवाकोटी,मेलिना ठकुरी,दिवाकर घिमिरे,इच्छा सिह ठकुरी,प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगाएत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।
गितान्जली योगिको श्रृंगार,राहुल राइको छायांकन रहेको टेलिश्रृंखलाको श्रृंखला निर्देशक चन्द्र भण्डारी हुन ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८१ चैत्र ३०, २०: ०५

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८१ चैत्र ३०, २०: ०५

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८१ चैत्र ३०, २०: ०५

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...