अब “गाउँ फर्क”
काठमाडौ| रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को सम्पुर्ण कार्य सकिएको छ । धनकुटाको झिलिमिलेमा छायांकन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ वस्तीहरू,ओझेलिएका चाडपर्व, रितिरिवाज, कला संकृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरीत्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरि निर्माण भएतापनि उपयुक्त समयभावका कारण हाललाई “गाउँ फर्क” युटुब च्यानल मार्फत यहि बैशाख १ गते सोमबार साझ ७:३० बजे प्रशारण गरिने जानकारी निर्माणकर्ता एलवी कटवालले दिनु भयो। मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश मूलक उद्धेश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई बिश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन। शंकर अधिकार घायलको शब्द,बिकास चौधरीको सङीत ,नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत,अशोक सिवाकोटी,मेलिना ठकुरी,दिवाकर घिमिरे,इच्छा सिह ठकुरी,प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगाएत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।
गितान्जली योगिको श्रृंगार,राहुल राइको छायांकन रहेको टेलिश्रृंखलाको श्रृंखला निर्देशक चन्द्र भण्डारी हुन ।
सम्बन्धित समाचार
काठमाडौं । वरिष्ठ सर्जक गणेश रसिकको १० औँ दिनको पूण्य तिथिका अवसरमा वासु शशी स्मृति परिषद्ले आज श्रद्धाञ्जली सभा आयोजना गरी...
काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद...
काठमाडौं । खेल पत्रकार हिमेशरत्न बज्राचार्यद्वारा लिखित ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकको लोकार्पण गरिएको छ । आइतबार नेपाली राष्ट्रिय फुटबल टिमका...