आइपीएलमा राजस्थानलाई लखनउले हरायो – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आइपीएलमा राजस्थानलाई लखनउले हरायो

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राजस्थान रोयल्समाथि जित निकालेको छ ।
राजस्थानलाई २ रनले हराउँदै लखनउले पाँचौं जित निकालेको हो ।

लखनउले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा लखनउका बलर आवेश खानले ६ रन मात्र खर्चेर शिम्रोन हेटमायरको विकेट लिएका थिए ।
२४ बलमा ३३ रन आवश्यक हुँदा ८ विकेट पनि बाँकी रहेको राजस्थानले त्यसपछि निरन्तर विकेट गुमाएको थियो ।

ओपनर यशश्वी जैसवालले सर्वाधिक ७४ तथा कप्तान रियान परागले ३९ र वैभव सुर्यवंशीले ३४ रन बनाए । यसैगरी शिम्रोन हेटमायरले १२ रन बनाए ।
लखनउका आवेश खानले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर र एइडेन मार्क्रमले १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । एइडेन मार्क्रमले सर्वाधिक ६६ तथा आयुष बदोनीले ५० रन बनाए । अब्दुल समदले ३० रन बनाए । उनले इनिङको अन्तिम ओभरमा सन्दीप शर्मालाई ४ छक्का हिर्काए ।
राजस्थानका वानिन्दु हसरङ्गाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले १(१ विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ बैशाख ७, ०७: २२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ बैशाख ७, ०७: २२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८२ बैशाख ७, ०७: २२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...