साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व पुरस्कार समितिकी संयोजक साहित्यकार सीता पाण्डेको हिजो एकल कविता वाचन सम्पन्न भयो ।

अनामनगर, काठमाडौंस्थित डालो रेष्टुरेन्टमा सप्पन्न भएको सो कार्यक्रममा कवि सीता पाण्डेका एक दर्जन कविता वाचन गरियो । कार्यक्रममा कवि पाण्डे स्वयंले आठ थान कविता वाचन गर्नु भयो भने कविहरु शैलेन्द्र साकार, डा.सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविताहरू वाचन गर्नु भएको थियो ।

विगत एक्काईस वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आउनु भएकी कवि पाण्डे नेपाल आएको अवसरमा महिला साहित्यकार समूहले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख वक्ताको हैसियतमा कवि पाण्डेको साहित्यिक योगदानको चर्चा गर्दौ काव्यिक विशेषताबारे बोल्नु भएको थियो ।

प्रा.डा. भट्टराईले कवि पाण्डेका कृतिहरू सरल तर गहन हुने गरेको बताउँदै विम्बहरूको प्रयोग भएका कथा, संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई सालिन हुने गरेको बताउँदै सीताको कृति अंग्रेजी भाषा भाषामा समेत अनुवाद भएको जानकारी गराउनु भयो ।

यसैगरी साहित्यकार प्रा.डा. कुमार कोइरालाले कवि पाण्डेको संक्षिप्त परिचय गराउनु भएको थियो । उहाँले कवि पाण्डे सर्जक मात्र नभई साहित्यिक पत्रकार, पत्रकार र खेलकुद परिषद्का कर्मचारीसमेत रहेको उल्लेख गर्नु भयो ।

प्रा.डा. कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुसीहरू’ “यौन र अनुभूति” का बारेमा संक्षिप्त टिप्पणीसमेत गर्नु भएको थियो । एक बिद्रोही महिला साहित्यकारको उपमा दिदैँ उहाँले पाण्डेको’अन्तरद्वन्द्व’ कृतिको आफूले समालोचनासमेत गरेको बताउनु भयो ।

महिला साहित्यकार समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकार सीता पाण्डेले आफ्नो पुराना दिनहरुलाई सम्झदै आफ्नो साहित्य सिर्जनाबारे बोल्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित
बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित
  • २०८२ बैशाख २५, २०: १९

काठमाडौं। कथाकार होमशङ्कर बास्तोलाको नविनतम कथाकृति ‘रगतको मूल्य’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा...

भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन
भारतका युवा उद्यमीको जीवन कथामा आधारित “रेलवे म्यान सन्” पुस्तकको नेपालमा विमोचन
  • २०८२ बैशाख २५, २०: १९

काठमाडौं । भारतको कोन्नाडास्थित द टाइम्स अफ इन्डियाका पत्रकार संगमेश मिनासिन्काईद्वारा लिखित ‘रेल्वे म्यान्स सन’ पुस्तकको नेपालमा विमोचन गरिएको छ। बिहीबार...

सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित
सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित
  • २०८२ बैशाख २५, २०: १९

काठमाडौं। चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति ‘रे ‘को मंगलबार लोकार्पण गरिएको छ ।ठमेलमा एक कार्यक्रम विच ‘रे’ को प्रा.डा.लक्ष्मणप्रसाद...