नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी – Naya Bikalpa
May 9, 2025, Friday      Epaper

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी


काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । श्रीलंकाको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए ।

मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उनले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, संस्थागत क्षमता अभिवृद्धि गर्न र जीवन रक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्‍याउने कार्यमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे । “जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन् बढाएको उल्लेख गर्दै यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ”, मन्त्री अधिकारीले भने ।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरुबीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गरे। श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिमपूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ ।

सम्बन्धित समाचार

पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
  • २०८२ बैशाख २६, ०८: ४१

काठमाडौं : सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको...

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
  • २०८२ बैशाख २६, ०८: ४१

काठमाडौं : पानी पर्न थालेकाले डेंगु संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी...

साढे ५२ हजारलाई निःशुल्क कानुनी सेवा
साढे ५२ हजारलाई निःशुल्क कानुनी सेवा
  • २०८२ बैशाख २६, ०८: ४१

काठमाडौं : काठमाडौं महानगरपालिका (कामपा) उपप्रमुख सुनिता डंगोलले हालसम्म महानगरबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको...