स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम आयोजना गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

लिग-२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् । यस्तै टी-२०आई सिरिजका लागि थप खेलाडीहरुमा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०८२ बैशाख ३१, ११: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८२ बैशाख ३१, ११: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८२ बैशाख ३१, ११: ५१

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...