क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।

उनले नेपाली टोली आईसीसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे ।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभइ व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन् ।

“यो निर्णय मेरो क्रिकेट यात्राबाट अलग हुने होइन,” सन्दीपले लेखेका छन्, “नेपालका लागि खेलिरहने मेरो जोश, समर्पण र गौरव सधैं उस्तै रहनेछ।”

यस निर्णयपछि पनि आफू राष्ट्रिय टोलीका लागि नियमित रूपमा खेलिरहने उनले स्पष्ट पारेका छन् । “जीवन यात्रामा कहिलेकाहीं केही निर्णयहरू दुरी होइन, उद्देश्य र आत्मविकासबाट उत्पन्न हुन्छन्,” उनले लेखेका छन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...

२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...