क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।

उनले नेपाली टोली आईसीसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे ।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभइ व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन् ।

“यो निर्णय मेरो क्रिकेट यात्राबाट अलग हुने होइन,” सन्दीपले लेखेका छन्, “नेपालका लागि खेलिरहने मेरो जोश, समर्पण र गौरव सधैं उस्तै रहनेछ।”

यस निर्णयपछि पनि आफू राष्ट्रिय टोलीका लागि नियमित रूपमा खेलिरहने उनले स्पष्ट पारेका छन् । “जीवन यात्रामा कहिलेकाहीं केही निर्णयहरू दुरी होइन, उद्देश्य र आत्मविकासबाट उत्पन्न हुन्छन्,” उनले लेखेका छन् ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ बैशाख ३१, १४: ३३

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...