भाटभटेनी सुपर मार्केटले मापदण्ड विपरित फेरि संरचना सार्यो – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

भाटभटेनी सुपर मार्केटले मापदण्ड विपरित फेरि संरचना सार्यो

काठमाडौं । विवादित छवी भएका भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङले कलंकीस्थित भाटभटेनी सुपर मार्केट रहेको स्थानमा पुनः संरचना सार्ने काम गरेका छन् । यतिखेर धमाधम जस्ताले छोप्दै भित्री वाल धमाधम सारी रहेको देखिन्छ ।

एक स्थानीयको भनाइअनुसार बल्खु खोलाको दायाबाँया बिस\बिस मिटर छाड्नुपर्ने कानुनी नियमको उलंघन गर्दै गर्दा दैविक प्रकोप पर्न आएमा वरपरका बस्तीहरु डुब्ने खतरा बढ्न सक्छ । तसर्थ बल्खु खोलाको मापदण्ड अनुसार बिस/बिस मिटर अनिवार्य छोड्न लगाउनुपर्ने ती स्थानीयले बताए ।


महानगर पालिकाका मेयर बालेन्द्र शाहले यस अगाडि नै भाटभटेनीले बनाएको बल्खु खोलाको डिलको ट्वाइलेट समेत भत्काएका थिए । तर यति बेला भने उक्त डिलको ट्वाइलेट भत्काए पनि पहिले बनेको ठूलो भवन जहाँ सुपर मार्केट छ त्यसैको भित्री वाल भत्काएर खोलातिर च्यापेर संरचना सारिरहँदा समेत महानगरपालिकाका मेयर बालेन्द्र शाहको नजर नपर्नु रहस्यमय बन्न पुगेको स्थानीय बताउँछन् ।

यदि यसरी भित्री वाल सार्दै खोलाको मापदण्ड मिच्दै संरचना बनाउँदै जाने हो भने बल्खु खोला पनि कुलोमा परिणत हुने देखिन्छ । महानगरपालिकाले ट्वाइलेट भत्काएपछि उक्त ट्वाइलेट सारेर अगाडिको भागमा सारेको छ । यति बेला भने पार्किङ साइडलाई समेत साघुराउँदै पुन वाल सार्ने काम भएको स्पष्ट देख्न सकिन्छ ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८२ जेष्ठ १३, १५: ०६

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८२ जेष्ठ १३, १५: ०६

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ जेष्ठ १३, १५: ०६

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...