
काठमाडौं । विवादित छवी भएका भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङले कलंकीस्थित भाटभटेनी सुपर मार्केट रहेको स्थानमा पुनः संरचना सार्ने काम गरेका छन् । यतिखेर धमाधम जस्ताले छोप्दै भित्री वाल धमाधम सारी रहेको देखिन्छ ।
एक स्थानीयको भनाइअनुसार बल्खु खोलाको दायाबाँया बिस\बिस मिटर छाड्नुपर्ने कानुनी नियमको उलंघन गर्दै गर्दा दैविक प्रकोप पर्न आएमा वरपरका बस्तीहरु डुब्ने खतरा बढ्न सक्छ । तसर्थ बल्खु खोलाको मापदण्ड अनुसार बिस/बिस मिटर अनिवार्य छोड्न लगाउनुपर्ने ती स्थानीयले बताए ।

महानगर पालिकाका मेयर बालेन्द्र शाहले यस अगाडि नै भाटभटेनीले बनाएको बल्खु खोलाको डिलको ट्वाइलेट समेत भत्काएका थिए । तर यति बेला भने उक्त डिलको ट्वाइलेट भत्काए पनि पहिले बनेको ठूलो भवन जहाँ सुपर मार्केट छ त्यसैको भित्री वाल भत्काएर खोलातिर च्यापेर संरचना सारिरहँदा समेत महानगरपालिकाका मेयर बालेन्द्र शाहको नजर नपर्नु रहस्यमय बन्न पुगेको स्थानीय बताउँछन् ।
यदि यसरी भित्री वाल सार्दै खोलाको मापदण्ड मिच्दै संरचना बनाउँदै जाने हो भने बल्खु खोला पनि कुलोमा परिणत हुने देखिन्छ । महानगरपालिकाले ट्वाइलेट भत्काएपछि उक्त ट्वाइलेट सारेर अगाडिको भागमा सारेको छ । यति बेला भने पार्किङ साइडलाई समेत साघुराउँदै पुन वाल सार्ने काम भएको स्पष्ट देख्न सकिन्छ ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...