हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित

काठमाडौं । खेल पत्रकार हिमेशरत्न बज्राचार्यद्वारा लिखित ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकको लोकार्पण गरिएको छ ।

आइतबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यले एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरे ।
पुस्तकमा नेपाली खेलकुद पत्रकारितामा करिब तीन दशक अनुभव बटुलिसकेका पत्रकार बज्रचार्यले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक फुटबलतर्फ जितेको स्वर्ण पदकदेखि हालसम्मको फुटबल खेलको इतिहास समेटेका छन् ।

राजधानीमा आइतबार आयोजित उक्त लोकार्पण कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाल, वर्तमान अध्यक्ष निरञ्जन अधिकारी, देशसञ्चार डटकमका प्रधान सम्पादक युवराज घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, एट्लेटिक्स घावक सन्तोषी श्रेष्ठ, बुक हिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्का लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।
‘स्वर्णकथा नेपाली फुटबलको’ नेपाली फुटबलको एक शताब्दी लामो इतिहास समेटिएको पुस्तक हो ।

कृति बुक हिल प्रकाशनले प्रकाशित गरेको हो ।

सम्बन्धित समाचार

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०८२ जेष्ठ १८, २०: ११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक
पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक
  • २०८२ जेष्ठ १८, २०: ११

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव पद्मप्रसाद पोखरेलको आत्मकथा‘खण्डखण्डमा जिन्दगी’ जिज्ञासा र अनुभवको इतिवृत्त’ को लोकार्पण पूर्वराष्ट्रपति डा.रामवरण यादव लगायतले गरे ।कार्यक्रममा पूर्वराष्ट्रपति...

देशभर भारी वर्षाको सम्भावना
देशभर भारी वर्षाको सम्भावना
  • २०८२ जेष्ठ १८, २०: ११

काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव छ।यसको प्रभावले आइतबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम...