
काठमाडौं : नागार्जुन नगरपालिका वडा नं. १० (स्युचाटार) स्थित अमर ज्योति माध्यमिक विद्यालयको ४१ओैं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । नागार्जुन नगरपालिकाकी का. वा. मेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यतामा सो समारोह सम्पन्न भएको हो ।
कार्यक्रमा समाजसेवी तथा १० लाखको अक्षयकोष स्थापना गर्ने नागार्जुन-१० निवासी बिदुर केसीको परिवारलाई का. वा. नगर प्रमुख अधिकारीबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो । सोही समारोहमा निवृत्त शिक्षक कुलबहादुर खत्रीलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । साथै विद्यालयमा कार्यरत शिक्षक कल्पना लम्साल रेग्मी, अमृत जि.सी., गौरी शर्मा गौतम, लेखापाल इन्द्रबहादुर के.सी., कम्प्युटर शिक्षक श्रुती पौडेललाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता दामोदर गौतम, वडा नं. १० का वडा अध्यक्ष सुन्दरबहादुर के.सी., नेकपा एमालेका नेता इश्वर बिडारी, नेपाल शिक्षक संघ नागार्जुनका अध्यक्ष राजु के.सी., सिताराम मा.वि.का प्रधानाध्यापक प्रदिप पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजसेवी एवम् नेपाल सरकारका पूर्वसचिव विदुर के.सी.ले आफ्ना स्वर्गीय पुत्र डा. विवेक विक्रम खत्रीको स्मृतिमा स्थापना गरेको रु १० लाखको अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट त्यसै विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई नगद तथा ट्रफी वितरण गरेका थिए ।

४१ओैं वार्षिकोत्सव समारोहमा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषको ब्याजबाट प्राप्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई दाताहरुबाटै वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्रधानाध्यापक सुन्दर पन्तले विद्यालयको आर्थिक तथा विद्यालयका विभिन्न गतिविधिहरु प्रस्तुत गरेका थिए । सो समारोहमा विद्यार्थीहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...