स्कटल्यान्डसँग नेपाल २ रनले पराजित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

स्कटल्यान्डसँग नेपाल २ रनले पराजित


काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपाल पराजित भएको छ।

नेपाललाई आइतबार स्कटल्यान्डको डन्डीमा भएको रोमाञ्चक खेलमा घरेलु टोलीले २ रनको झिनो अन्तरले पराजित गर्‍यो।

स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट हुन पुग्यो। नेपालका लागि भीम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

नेपालको सुरूवात भने राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल चौथो ओभरमा १७ रनमा रनआउट भए। उनले रनआउट हुनुअघि २० बलमा ३ चौका प्रहार गरेका थिए। अर्को ओभरमा अर्का ओपनर आसिफ शेख ८ रनमा बोल्ड हुन पुगे। आठौं ओभरमा कप्तान रोहितकुमार पौडेल ९ बल खेल्दा केबल ३ रनमा आउट भए।

त्यसपछि आरिफ शेख र भीम सार्कीले नेपालको इनिङ्ग्स साम्हाले। आरिफ र भीमबीच चौथो विकेटका लागि ९४ रनको साझेदारी भयो। आरिफले ५५ बलमा ५ चौकाको मद्दतमा ३९ रन जोडे। भीम सार्कीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्ने क्रममा ७३ रनको योगदान गरे। उनले ८५ बलमा ८ चौका प्रहार गरे।

त्यसपछि गुल्सन झाले १३ बलमा ११ रन जोडेर आउट हुन पुगे। दबाब बढिरहेको बेमला नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेट लागि १०५ रनको साझेदारी गरेपछि नेपालको आसा बढेको थियो। दुवैले अर्धशतक प्रहार गर्दा नेपाली टोलीमा उत्साह बढेको थियो। तर दिपेन्द्र ४७ ओभरको तेस्रो बलमा आउट हुन पुगे। उनले ५१ बलमा ५६ रन जोड्ने क्रममा २ चौका हिर्काए। दीपेन्द्रले ४८ रन त कुदेर जोडेका थिए।

सोमपाल कामीले ४४ बलमा ६७ रन जोडे। ४८औं ओभरको अन्तिम बलमा आउट हुनु पुगेका उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए। उनी आउट हुँदा नेपाललाई अन्तिम दुई ओभरमा १६ रन चाहिएको थियो भने ब्याटिङमा करण केसी र सन्दीप लामिछाने थिए।

४९औं ओभरमा करण केसी र सन्दीप लामिछाने मिलेर ९ रन जोडे। जसका कारण नेपाललाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो। जसमा करण केसीले स्कटल्यान्डका सफायन सरिफको पहिलो बलमा दुई रन लिए। तर दोस्रो बल डट भयो। तेस्रो बलमा करण केसी आउट हुन पुगे। उनले १० बलमा १ चौका र १ छक्काको मद्दतमा १७ रन जोडे। त्यसपछि नेपाललाई ३ बलमा ५ रन चाहियो। चौथो बलमा ललित राजवंशीले बललाई ब्याटमा नछोए पनि सन्दीपको राम्रो कलमा एक रन लिए। पाँचौ बलमा सन्दीपले एक रन मात्र लिन सके भने अन्तिम बलमा तीन रन चाहिएको बेला ललित बोल्ड हुन पुग्दा नेपाल अलआउट हुनुका साथै पराजित भयो।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ जेष्ठ २६, ०७: २९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ जेष्ठ २६, ०७: २९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८२ जेष्ठ २६, ०७: २९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...