एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

काठमाडौं।मलेसियामा आजदेखि एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । एसियाली क्रिकेट परिषद् (एसीसी्) वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता हुन लागेको हो ।नेपालले सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ ।मलेसियाको यूकेएम ओभलमा उक्त खेल नेपाली समयानुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।नेपाली टोलीको कप्तानी विपीनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला र अरू खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् । नेपाली टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ ।समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपाल हालसम्म सम्पन्न तीन संस्करणको च्याम्पियन हो ।

नेपालले दोस्रो खेलमा मंगलबार जापानसँग, तेस्रो यही असार १५ गते इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले असार १७ गते भुटानसँग खेल्नेछ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित समाचार

एनपीएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह
एनपीएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह
  • २०८२ असार ८, १०: ३७

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह...

टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा
  • २०८२ असार ८, १०: ३७

काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह...

विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
  • २०८२ असार ८, १०: ३७

काठमाडौं : आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह...