एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

काठमाडौं।मलेसियामा आजदेखि एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । एसियाली क्रिकेट परिषद् (एसीसी्) वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता हुन लागेको हो ।नेपालले सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ ।मलेसियाको यूकेएम ओभलमा उक्त खेल नेपाली समयानुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।नेपाली टोलीको कप्तानी विपीनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला र अरू खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् । नेपाली टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ ।समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपाल हालसम्म सम्पन्न तीन संस्करणको च्याम्पियन हो ।

नेपालले दोस्रो खेलमा मंगलबार जापानसँग, तेस्रो यही असार १५ गते इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले असार १७ गते भुटानसँग खेल्नेछ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित समाचार

नेपालमाथि इटालीको ऐतिहासिक जित
नेपालमाथि इटालीको ऐतिहासिक जित
  • २०८२ असार ८, १०: ३७

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको...

विश्वकप २०२६ : इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप २०२६ : इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
  • २०८२ असार ८, १०: ३७

काठमाडौं। आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका...

टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै
टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै
  • २०८२ असार ८, १०: ३७

काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह...