सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं : एसीसी यु-१६ क्रिकेट इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको प्रतिगोगिताको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले ९७ बलमा अविजित ५५ रन बनाए । रौनक श्रीवास्तवले ४४ बलमा ४० रन बनाए । सुभम खनाल अविजित रहँदै १६ बलमा ९ रन बनाए । नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए । सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिँदा युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनाएको थियो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुलाई १३८ रनमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा  सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

सम्बन्धित समाचार

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
  • २०८२ असार ८, १२: ५१

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा...

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
  • २०८२ असार ८, १२: ५१

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८२ असार ८, १२: ५१

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...