
नयाँ विकल्प,
काठमाडाैं- चितवनमा चार जना स्वास्थ्यकर्मी सहित २६ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ। बिहीबार गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्।
उनीहरूकाे भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्। संक्रमितक ९ वर्ष देखि ६७ वर्ष सम्मका रहेका छन्।
भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, राप्ती नगरपालिकाका-२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् ।
नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् ।
याे संगै चितवनमा काेराेना संक्रमितको संख्या ३०३ पुगेको छ । संक्रमणबाट कैलालीका एक सहित चितवनमा तीन जनाको काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...