टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी, आदिल अन्सारी पनि टिममा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी, आदिल अन्सारी पनि टिममा

काठमाडौं : आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सूचीमा करिब तीन वर्षपछि पुनरागमन गरेका मोहम्मद आदिल अन्सारी पनि परेका छन् ।

प्रशिक्षक स्टुअर्ट लले आदिललाई स्थान दिएपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् । सन् २०२२ मा नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि प्रतिबन्ध खेपेका आदिलको प्रतिबन्ध गत वैशाखमा हटाइएको थियो ।

इन्टेग्रिटी समितिको सिफारिसपछि क्यानले आवश्यक प्रक्रिया पूरा गर्दै आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । अदालतले समेत उनीसहित पाँच जनालाई सफाइ दिँदै अभियोग प्रमाणित नभएको ठहर गरेको थियो ।

टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल साह, आसिफ सेख, लोकेस बम, भीम सार्की, कुशल मल्ल, आरिफ सेख र नन्दन यादव समावेश छन् । साथै, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिस जीसी, ललित नारायण राजवंशी, गुलशन झा र रुपेश कुमार सिंह पनि टोलीमा रहेका छन् ।

यसका अतिरिक्त बसिर अहमद, साहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेक कुमार यादव, आदिल अन्सारी, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसकार, अर्जुन घर्ति र कमल सिंह ऐरी पनि टोलीमा अटाएका छन् ।

नेपाल टी-२० विश्वकपको एसिया छनोटको समूह ‘बी’ मा परेको छ । समूहमा नेपालसहित कुवेत र जापान छन् । नेपालले अक्टोबर ८ मा कुवेत र अक्टोबर १० मा जापानसँग खेल्नेछ । सबै खेल ओमानमा हुनेछ ।

९ टोली सहभागी प्रतियोगिता तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको खेल अक्टोबर १२ देखि १७ सम्म हुनेछ । उक्त चरणको शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछ ।

नेपालले छनोट प्रतियोगिता अघि तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्नेछ । अगस्ट दोस्रो साता हुने भ्रमणमा नेपाली टोलीले टप इन्ड टी-२० सिरिजअन्तर्गत विभिन्न ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० श्रृंखला पनि तय गरिएको छ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ असार २९, १५: ४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ असार २९, १५: ४८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८२ असार २९, १५: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...