नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले हरायो – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले हरायो

काठमाडौँ । नेपाल श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरेका थिए ।

जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो । यस अघि नेपालले श्रीलंकालाई ७-० गोल अन्तरमै पराजित गरेको थियो । त्यस्तै भुटानलाई ६-१ ले पराजित गरेको थियो भने बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

यो जितपछि नेपालले ४ खेलमा ९ अंक भएको छ र बंगलादेशको पनि ३ खेलमा ९ अंक रहेको छ । त्यसैगरी श्रीलंकाले भने प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

सम्बन्धित समाचार

नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित
नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित
  • २०८२ श्रावण १, १७: १६

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित बनेको...

नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
  • २०८२ श्रावण १, १७: १६

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ श्रावण १, १७: १६

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...