पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरण नगरे दुर्घटना ! – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
बागमतीका २१ जनाको अविश्वासपछि लामा नेतृत्वको सरकार अल्पमतमा

पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरण नगरे दुर्घटना !

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसंगै प्रदेशको राजनीति थप जटिल बन्न पुगेको छ । वागमती प्रदेशमा कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीको दौडमा रहेका कांग्रेस सांसद इन्द्र बाँनियाको अगुवाईमा यो काम अघि बढेको हो । अविश्वास प्रस्तावमा मुख्यमन्त्री लामाले सरकार सञ्चालनमा पारदर्शिता नदेखाएको, जनअपेक्षा अनुसार काम गर्न नसकेको, र पार्टीको छवि कमजोर बनाएको जस्ता आरोप लगाइएको छ । आफूविरुद्धको अविश्वास प्रस्तावलाई लिएर बजेट र नेतृत्वको प्रभावकारिताको विषयमा उठेका आरोपहरू गलत भएको लामाले दाबी गरेका छन् । यसबाट काँग्रेसभित्रको आन्तरिक किचलोसंगै प्रदेश सरकारको स्थिरतामा पनि प्रश्न उठेको छ ।

त्यसो त गतवर्ष वागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका नाताले लामाले मुख्यमन्त्रीको पद संहाल्नुअघि नै वागमती प्रदेशमा लामा र बानियाले पालैपालो सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसको उच्च तहको नेतृत्वलाई साक्षी राखेर उनीहरुले सहमति जनाएका थिए । सोही अनुसार सभापति देउवाले लामालाई राजीनामा दिन दबाब दिएपछि बानियाँ पक्षको सक्रियता बढेको हो । सभापति देउवाको निर्देशन अनुसार लामाले राजीनामा नदिएपछि अविश्वास प्रस्ताव दर्ता भएको हो । पूर्व सहमति अनुसार सहज ढंगबाट सत्ता हस्तान्तरण गर्नका लागि सभापति देउवाले मुख्यमन्त्री लामालाई बोलाएर प्रष्ट शैलीमा भनिसकेका छन् । तर पनि लामा अबिश्वास प्रस्तावको सामना गर्ने तयारीमा रहेको उनी निकट नेताहरु बताउँछन् । सभापति देउवाको समर्थनमा मुख्यमन्त्री बनेका लामाले सहज ढंगबाट निकास नदिएमा वागमतीको राजनीतिमा भोलिका दिनमा अप्ठेरो पर्ने बिश्लेषण हुन थालेको छ ।

११० सदस्यीय प्रदेशसभमा लामालाई ६४ सांसदको समर्थन रहेको थियो । यहाँ काग्रेस र एमालेको गठबन्धन सरकार छ । संघीय सरकारमा पूर्व सहमति अनुसार कांग्रेसले एमालेलाई समर्थन गरिरहेकाले वागमती प्रदेशको सरकारमा एमालेको समर्थन रहेसम्म कांग्रेसको सरकारलाई कुनै कठिनाई आउने देखिदैन । लामा एक वर्षअघि देउवा समूहकै समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका थिए । यतिबेला लामा विरुद्धको अविश्वास प्रस्तावमा देउवा समर्थक सांसदहरुकै समर्थन रहेकोलेकुनै चमत्कार भइहालेमा फरक कुरा हो, होइन भने अबिश्वास प्रस्ताव पारित हुनेमा कुनै शंका छैन । यो बास्तविकता बुझेर पनि मुख्यमन्त्री लामा समर्थन जुटाउनका लागि यो क्षेत्रका बलियो पकड भएका नेताहरुका घरदैलो चाहर्दै सहयोगको याचना गरिरहेका छन् ।

कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ भएपनि २०७९ पुसमा संसदीय दलको नेतृत्व चयनकालागि भएको निर्वाचनमा बानियाँलाई लामाले हराएका गरेका थिए । जतिबेलासंसदीय दलको नेता बनेका लामाले २१ मत ल्याएका थिए भने बानियाँ १६ मत पाएका थिए । यस पटक अबिश्वास प्रस्तावको पक्षमा गरिएको हस्ताक्ष हेर्दा ठीक उल्टो देखिएको छ । अर्थात् अघिल्लो पटक लामालाई समर्थन गरेका सांसदहरु यतिबेला बानियातर्फ फर्किएका छन् । लामाको पक्षमा समर्थन गर्ने धेरै सांसदहरु अहिले बानियाको पक्षमा उभिएको देखिएका छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । केही सदस्यहरु काठमाडौं रहेको र अविश्वासको मत दिँदा इन्द्रबहादुर बानियाँ पटी जाने तयारी गरिरहेको स्रोतको दावी छ । अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको बताएका लामाले मन्त्रीको प्रलोभन दिएर केही सांसदसंग एक्लै वार्ता अघि बढाएका छन् । त्यसो त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठलेदिएको राजीनामालाई बेवास्ता गर्दै उनीहरुलाई आफूले बर्खास्ती गरेको दावी मात्र गरेका छैनन्, मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा पनि गरेका छन् ।

मन्त्री पदमा बहाल रहेकै अवस्थामा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नु नैतिकताका हिसावले पनि नमिल्ने भएपछि सांसदहरुसंगकै सल्लाहमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । यदि कुनै सांसद लामाको पक्षमा आइहाले पनि त्यसले केही दिन त उनको सरकार टिक्ला, लामो समय भने जान सक्ने देखिदैन । अविश्वास प्रस्ताव दर्ता भए पनि लामा तत्काल मुख्यमन्त्रीबाट पदमुक्त भने हुने सम्भावना देखिदैन । किनभने कांग्रेस विधानअनुसार प्रस्ताव संसदीय दलको बैठकमा छलफल भएपछि मात्र नेता परिवर्तन प्रक्रिया अघि बढ्नेछ । संसदीय दलको बैठक बोलाउने अधिकार दलको नेताकै हातमा हुन्छ । अर्थात् लामाले निर्णय गरेपछि मात्र संसदीय दलको बैठक कहिले बोलाउनु पर्छ ।

प्रदेश सरकारको कार्यसम्पादनमा पनि मन्त्री कुन्दन काफ्ले हावी भएपछि अन्य मन्त्रीमात्र होइन, सांसदहरु समेत लामासंग असन्तुष्ट भएका छन् । त्यसकारण लामा नेतृत्वको सरकार बजेटका सन्दर्भमा चुकेको देखिन्छ । लामाको एक वर्षे कार्यकालमा बजेट विवादका कारण उनी नराम्रो गरी विवादमा तानिएका छन् । त्यतिमात्र होइन, पार्टीभित्रको आन्तरिक खिचातानीका साथै प्रशासनिक क्षेत्रमा कडाई गर्न नसकेका कारण सरकारको कार्यसम्पादन ज्यादै कमजोर देखिएको छ। यसै त कमजोर सरकार त्यसमाथि अविश्वास प्रस्ताव दर्ता गरिएपछि सरकार थप कमजोर हुन पुगेको छ ।

जसको सिधा असर र प्रभाव सरकारको प्रभावकारिता कमजोर हुने र जनविश्वास क्रमशः गुम्ने खतरा देखिन्छ । यता नयाँ नयाँ च्याउजस्तै उम्रेका राजनीति धरातल बनाउन कठिन कठिन भइरहेका नयाँ पार्टीहरुले प्रदेशको संरचनाबारे नै प्रश्न उठाइरहेका बेला सबैभन्दा ठूलो पार्टीको सरकारको नेतृत्व गरिहेका प्रदेश सरकारको नेतृत्वकर्ता दुरगामी र राजनीति स्थायीत्वका लागि विचार दिन नसक्ने व्यक्ति अब पनि नेतृत्वमा पु¥याउँदा संघीय लोकतान्त्रिक गणतन्त्रकै वेइजती सहनु परेको छ ।

मुख्यमन्त्री हल्लाउने अर्थमन्त्री

मुख्यमन्त्री लामासँग किन यसरी मन्त्रीहरु असन्तुष्ट भएका हुन् त ? असन्तुष्ट हुनुको मुख्य कारण भनेकै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले हुन् । मन्त्री काफ्लेमाथि मनोमानी ढंगले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको आरोप छ । हुन पनि अन्य मन्त्रीहरुसँग पर्याप्त छलफल बिनै काफ्लेले बजेट ल्याएपछि मुख्यमन्त्री लामासँग अरु मन्त्रीहरुको दुरी बढ्दै गएको स्वयं मन्त्रीहरु स्वीकार्छन् ।

हुन त कुन्दन काफ्ले त्यस्ता व्यक्ति हुन् जसले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको आशीर्वाद पाएका भरमा मन्त्री बन्ने मौका पाएका हुन् । विद्यार्थी राजनीतिबाट आएको भएता पनि काफ्ले बौद्धिक क्षमताका हिसावले निकै पछाडि छन् । ढुंगामुढा अनि लडाई र झगडा काफ्लेका मुख्य बिशेषता हुन् । अहिले उनी वागमती प्रदेशको मन्त्री भए पनि नेविसंघको नेताबाट माथि उठ्न सकेका छैनन् ।

त्यसैको परिणाम हो, बजेट बिनियोजनमा गरिएको त्यो हदको लापरबाही । कतिसम्म भने मन्त्री काफ्लेले पार्टीभित्रका बिरोधीलाई तह लगाउनका लागि कति क्षेत्रमा कतिपय ठाउँमा शुन्य बजेट त कतिपय ठाउँमा बजेटको नाममा कनिका छर्कने काम गरेका छन् । जसका कारण कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरु त रुष्ट हुने नै भए सांसदहरु पनि सन्तुष्ट छैनन् । आफ्नो क्षेत्रका जनताले बजेटमार्फत अपेक्षा गरेका सानातिना योजना पनि अघि बढ्न नसकेपछि अन्य मन्त्रीहरु काफ्लेसंग असन्तुष्ट हुदै आएका थिए । त्यसको नैतिक जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने मन्त्रीहरुको भनाई थियो ।

यो प्रकरणबाट अर्को एउटा के कुरा प्रष्ट हुन्छ कि कांग्रेस नेता सिटौला ज जसलाई काखी च्यापेर हिड्छन् कालान्तरमा उनीहरु कोही पनि सिटौलाको साथमा रहदैनन् । अर्थात् उनीहरुबाट सिटौलाले धोका पाएका छन् । १३ औं महाधिवेशनमा गगन थापालाई अगाडि बढएका थिए । १४ औं महाधिवेशनसम्म आइपुग्दा थापा उनको समूहमा रहेनन् । १४ औं महाधिवेशनमा देउवा समूहबाट प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेका थिए । उनै प्रदीप १५ औं महाधिवेशन आइनपुग्दै गगन थापाको समूहमा जोडिन पुगेका छन् ।

यसैगरी १४ औं महाधिवेशनमा सिटौलाको समर्थनमा केन्द्रीय सदस्य भएका कुन्दनले त्यही समूहका नाममा वागमती प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तर उनै काफ्लेले बजेट निर्माणका क्रममा देखाएको सर्वसत्तावादी सोच र चरित्रका कारण नेता सिटौला समेत आलोचित हुन पुगेका छन् ।
त्यसकारण नेता सिटौलाले अब यस्ता पात्रहरु बोकेर हिँड्दा धोकैधोकाबाट टाढा रहनु नै उचित हुनेछ । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ श्रावण १३, १४: ५०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ श्रावण १३, १४: ५०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ श्रावण १३, १४: ५०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...