लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । विश्वव्यापी कोभिडको समयमा सञ्चालकर्मी लगायत विभिन्न संघसंस्थालाई “हङ्गर रिलिफ“ कार्यक्रम अन्तर्गत सेवा पु¥याउँदै आएको छ । तसर्थ विभिन्न समय दुर्गम स्थानमा रहेका विद्यालयलाई स्कुल ब्याग, स्टेशनरी सामग्री, कपडा, जुत्ता तथा दिउँसोको खाजा वितरण गरेको थियो ।

लायन वर्ष २०२५/०२६ सुरु हुनासाथ नेपाल जर्नालिष्ट क्लबले तीनवटा मुख्य मुख्य कार्यहरु गरिसकेको छ । लायन वर्ष २०२५/०२६ का प्रेन्सिडेन्ट रिता ढकालले क्लबको पहिलो बैठकमा वार्षिक प्लालिङ, जोन मिटिङ र साउन १४ गते अर्थात जुलाई ३० तारिखका दिन धुम्बाराही लायन वृद्धा आश्रम धुम्बराहीलाई रु.२०,००० रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त कार्यक्रममा क्लब प्रेन्सिडेन्ट लायन रीता ढकाल, क्लब सेक्रेटरी लायन सन्तोष कुमार नेपाल, चार्टर्ड प्रेसिडेण्ट लायन योगेन्द्र प्रताप शाही, डिष्ट्रिक्ट मिडिया चिफ लायन दामोदर प्रसाद दवाडी, डिष्ट्रिक्ट एडिशनल सेक्रेटरी नेत्र प्रसाद न्यौपाने र सिनियर सिटिजन चिफ तथा वृद्धाश्रम प्रेसिडेण्ट लायन धनराज भडेलसहितको उपस्थितिमा वृद्धाआश्रमलाई सानो रकम उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा क्लब प्रेसिडेण्ट रीता ढकालले सम्बोधन गर्ने क्रममा लायन वृद्धाआश्रममा रहेका आमाहरूलाई थोरै मात्रामा भए पनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “म आफैं पनि एक छोरी हुँ र यति धेरै आमाहरूलाई भेट्न पाउँदा म धेरै खुसी छु । “ उनले भविष्यमा क्लबले थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै वृद्धाश्रमका प्रेसिडेण्ट धनराज भडेलले वृद्धाश्रमको इतिहासको बारेमा संक्षिप्तमा जानकारी दिएका थिए । उनले आफु ७६ वर्षको उमेरमा पनि आमाहरुको सेवा गर्ने अठोट जनाउँदै आफु ११ वर्षको हुँदा आफ्नी माता झाडावान्ता लाग्दा पानी खुवाउन नदिएर माताको निधन भएको प्रति पीडादायी दुःख व्यक्त गरे । त्यसैले पनि बेसाहारा भएका आमाहरुलाई स्याहार सुसार गर्ने उद्देश्यले स्थापना भएको यो आश्रम निर्माण गर्न चुनौतीको सामना गर्नु परेको बताए ।

धुम्बाराही लायन वृद्धाश्रमले हाल १४ जना आमाहरूलाई सेवा दिइरहेको र थप सहयोगका साथ यसको क्षमता विस्तार गर्ने योजना रहेको उनले बताए । उनले लायन्स क्लब अफ नेपाल जर्नालिष्टका पत्रकारहरू र उपस्थित सबैलाई उनीहरूको योगदानको लागि धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
  • २०८२ श्रावण १६, १७: २०

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...

राखेपद्वारा एन्फा निलम्बित
राखेपद्वारा एन्फा निलम्बित
  • २०८२ श्रावण १६, १७: २०

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०८२ श्रावण १६, १७: २०

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...