साउदीविरुद्ध नेपालको संघर्षपूर्ण जित – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

साउदीविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं : एएफसी महिला यु–२० एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदीलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

निर्णायक गोल खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप–इन मार्फत गरिन् । उनले मिना देउवाको पासलाई सजिलै गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण तीन अंक दिलाइन् ।

यसअघि ३७औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पाए पनि मिना देउवाको प्रहार गोलबारमा लागेर गोल हुन सकेन । खेलभरि नेपालले साउदीलाई दबाबमा राखेपनि गोलका लागि अन्तिम क्षणसम्म पर्खिनुपर्‍यो ।

यो जितसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो भने साबिक विजेता उत्तर कोरियाले साउदीलाई १५–० ले हराएको थियो ।

यस सिंगल राउन्ड समूह चरणमा शीर्ष स्थान हासिल गर्ने टोली मात्र प्रत्यक्ष एसियन कपमा पुग्नेछ । साथै, तीन उत्कृष्ट उपविजेता टोलीले पनि छनोटको मौका पाउने प्रावधान छ । अब नेपालले आइतबार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ श्रावण २३, १६: ०६

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ श्रावण २३, १६: ०६

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०८२ श्रावण २३, १६: ०६

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...