कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति

सुर्खेत : कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ ।

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको आज सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र  प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी  गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले जानकारी दिए ।

उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए । कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए  ।

“सत्ता गठबन्धनमा खटपट भएको भनेर खरब आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ”, उनले भने ।

बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
  • २०८२ श्रावण २४, १९: ५९

नयाँदिल्ली : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ...

आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
  • २०८२ श्रावण २४, १९: ५९

काठमाडौँ : प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबारका लागि तय गरेको सुनुवाइ स्थगित...

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • २०८२ श्रावण २४, १९: ५९

नयाँ दिल्ली (भारत) : भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु...