नेपाल पाकिस्तान साहीन्ससँग एक रनले पराजित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाल पाकिस्तान साहीन्ससँग एक रनले पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान साहीन्सले नेपाललाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए ।

बलिङतर्फ पाकिस्तान शाहीन्सले मोहमद वासिम र फैसल अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहमद सलमानले एक विकेट झारे ।

त्यसअघि पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो । पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यसैगरी मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यसैगरी कुशल भुर्तेलले एक विकेट झारे ।  यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको थियो । नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो  ।

नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध ३३ रनको जित निकालेको थियो । यस हारसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ भाद्र ६, १९: ३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ भाद्र ६, १९: ३३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ भाद्र ६, १९: ३३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...