भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित

काठमाडौं। भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टोली पराजित भएकोछ।बिहीबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालको ए टोलीमाथि आसामले डिएसएल मेथडमा १५ रनको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको आसामले ८ विकेटको क्षतिमा १९० रन जोड्यो। आसामका लागि कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन बनाए भने सुमित कश्यपले २२ रन बनाए। अभिनव चौधरीले नटआउट २६ रन बनाए।

बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने कमलसिंह ऐरी र विवेककुमार यादवले २(२ विकेट हात पारे। आदिल अन्सारीको नाममा १ विकेट रह्यो। सागर ढकाल र बसिर अहमदले विकेट लिन सकेनन्।

१९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपाल ८ ओभरमा ६४(३ को अवस्थामा खेल वर्षाले अवरुद्ध भयो। फेरि खेल हुन नसकेपछि आसाम विजयी भयो।

नेपालका लागि शुभ कंसाकार ३३ रन र सन्दीप जोरा २ रन बनाएर खेलिरहेको अवस्था थियो। ओपनरद्वय इशान पाण्डे १ रन र कप्तान अनिल साह २० रनमा आउट भएका थिए। यस्तै पवन सर्राफले पनि ६ रन मात्र जोड्न सके।

सिरिजको दोस्रो खेल अब शुक्रबार हुनेछ। लगातार सोमबारसम्म खेल भएपछि सिरिज सकिनेछ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ भाद्र १२, १८: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित
नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित
  • २०८२ भाद्र १२, १८: २९

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित बनेको...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ भाद्र १२, १८: २९

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...