

नयाँ विकल्प,
काठमाडौं –रक्षामन्त्री इश्वर पोखरेलको कोरोना पिसिआर परिक्षण नेगेटिभ आएको छ । पोखरेलेको सचिवालय सदस्यका अनुसार उनको पहिलाे पिसिआर परिक्षण नेगेटिभ आएको र शनिवार पुनः दोस्रो स्वाव परिक्षण गरिदैछ ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाको पिसिआर परिक्षण शनिवार गरिदैं छ । गृहमन्त्रालय स्रोतका अनुसार थापा मन्त्री क्वाटरमा अलग्गै बसेका छन् ।
कोरोना संक्रमितसंग सम्पर्कमा आएका कारण संक्रमणको आशंकामा शुक्रबार रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा सेल्फ आइसोलेसनमा बसेका थिए । संक्रमणको आशंकामा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसी मा कार्यरत कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि मन्त्रीत्रय होम आइसोलेसनमा बसेका हुन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका रक्षा तथा उपप्रधानमन्त्री पोखरेल गृहमन्त्री थापा उपस्थित नभएपछि शनिवारकालागी तय भएको नेकपा को सचिवालय बैठक स्थगित गरिएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार शुक्रबार थापा निजि निवासबाट बाहिर निस्केका छैनन । घरमा समेत उनि परिवारका अन्य सदस्यसंग पनि टाढै बसेका छन । थापाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै राजनीतिक भेटघाट यसअघि नै बन्द गरेका थिए ।
स्थगित बैठक १८ भदौका लागि सरेको छ। बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...