
काठमाडौं।गायन रियालिटी शो ‘नेपाल आइडलु सिजन ६’ को उपाधि गंगा सोनामले जितेकी छन्।सिन्धुपाल्चोककी सोनाम आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।
फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर ९काठमाडौं प्रतिस्पर्धामा थिए। यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।
यस सिजनमा अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई एपीवान टेलिभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ प्रसारण गरिएको थियो।
काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...
काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...