
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उद्घाटन खेल कर्णाली यशविसले जितेको छ । शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो ।
कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो ।भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।
भोली (शनिबार) पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ ।
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित बनेको...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...
काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...