धरानमा काेराेनाबाट आमाछोराको मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

धरानमा काेराेनाबाट आमाछोराको मृत्यु


नयाँ विकल्प,


काठमाडाैं- काेराेना संक्रमणबाट धरानमा आमाछोराको मृत्यु भएकाे छ ।

धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमित आमाछोरा स्वास्थ्य समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएकाे थियाे ।

आइतबार विहान ४५ मिनेटकाे अन्तरमा दुवै जनाकाे मृत्यु भएकाे हाे । आमाको बिहान ८ : ३० र छोराको ७ :४५ बजे मृत्यु भएको विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मृतक आमाछोरा दुवै जनामा मधुमेह र उच्च रक्तचापको समस्या थियाे ।
काेराेना संक्रमण पछि अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १४, १३: ०४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १४, १३: ०४

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र १४, १३: ०४

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...