नेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

नेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता

काठमाडौं। शनिबार राति युएईको शारजाहमा भएको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।यो जितमा एक विकेट र ३८ रन बनाएका रोहित प्लेयर अफ दि म्याच बनेका थिए।नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य)अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो। आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।नेपालले २० ओभरमा १४८ रन बनायो ।यो जीतसँगै टेष्ट राष्ट्रसँगको पहिलो जीत नेपालले दर्ता गराएको छ । रोहित पौडेलले प्लेयर अफ दी म्याच अवार्ड नेपालमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् ।

सम्बन्धित समाचार

एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो
एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो
  • २०८२ आश्विन १२, ०८: ५८

काठमाडौं ।युनिटी कप टी–२० क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको...

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित
तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित
  • २०८२ आश्विन १२, ०८: ५८

काठमाडौं : युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब...

युनिटी कप टी–२० शृंखला नेपालले जित्यो
युनिटी कप टी–२० शृंखला नेपालले जित्यो
  • २०८२ आश्विन १२, ०८: ५८

काठमाडौं : नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृंखलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब...