नेपालको शानदार विजयी शुरुवात  : कुवेत  ५८ रनले पराजित – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेपालको शानदार विजयी शुरुवात  : कुवेत  ५८ रनले पराजित

MANTIN, MALAYSIA – JUNE 24: Images during the match between Japan and Nepal during the ACC Men’s U16 East Zone Cup 2025 at Kolej Tuanku Ja’afar Oval on June 24, 2025 in Mantin, Malaysia. Photo by Peter Lim for Asian Cricket Council

काठमाडौं। ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए ।यसैगरी यासिन पटेलले १९ रन बनाए ।नेपालका लागि ललित राजवंशीले ४ ओभरमा २ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।

कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा  २ विकेट लिए । नवीन राजले ४ ओभरमा  २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले१ /१ विकेट लिए ।
नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ आश्विन २३, ०८: ११

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ आश्विन २३, ०८: ११

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८२ आश्विन २३, ०८: ११

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...