काठमाण्डौ | आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च हो ।अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दनिको तुलनामा...
काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ ।आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर...
काठमाडौँ : गत शुक्रवारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ । नेपाल...