
काठमाण्डौ | आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च हो ।अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल,...
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम र बन्दसत्र सम्पन्न भएको छ। नेपाल उद्योग...